global ime bank Long Banner Ad

गृहपृष्ठ ‘सामसङ ग्यालेक्सी ए०४’ नेपाली बजारमा सार्वजनिक

‘सामसङ ग्यालेक्सी ए०४’ नेपाली बजारमा सार्वजनिक

‘सामसङ ग्यालेक्सी ए०४’ नेपाली बजारमा सार्वजनिक

सामसङले नेपाली बजारमा थप किफायती दायराको स्मार्टफोन सामसङ ग्यालेक्सी ए०४ सार्वजनिक गरेको छ । यो फोनमा क्यामेराको गुणस्तरमा ठूलो सुधार भएकाले युवा प्रयोगकर्ताहरूको माझ अझै लोकप्रिय हुने कम्पनीको विश्वास छ ।

यो स्मार्ट फोनमा ५०एमपी क्यामेरा रहेको छ, जुन किफायती दायरामा उत्कृष्ट अपग्रेड रहेको कमपनीले बताएको छ । यो फोनमा उच्च गुणस्तरको क्यामेरा भएकोले यस फोनबाट अझ धेरै प्रयोगकर्ताहरूले आफ्ना बहुमूल्य क्षणहरू र सम्झनाहरू खिच्न मौका पाउने कम्पनीले बताएको छ ।

यसमा ५००० एम ए एच इन-बक्स ब्याट्री भएको १५वाट फास्ट चार्जर भएकाले प्रयोगकर्ताहरू धेरै समयसम्म काम गर्न गर्न सक्छन् । ६.५” फुल-स्क्रिन र डल्बी एटमसको आवाज रहेको यस फोनले उत्कृष्ट अनुभवको साथ मनपर्ने सबै कार्यक्रम र चलचित्रहरूको आनन्द दिने कम्पनीले जनाएको छ ।

यो फोन दुईटा र्‍याम र स्टोरेज कन्फिगरेसनको साथ नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले बताएको छ । ४ जीबी प्लस ६४ जीबी भेरियन्ट सहित यसको मूल्य १६ हजार ९९९ रुपैयाँ र ३ जीबी प्लस ३२ जीबी भेरियन्टको मूल्य १४ हजार ९९९ रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार यो स्मार्टफोन कालो, कपर र हरियो गरी तीन रङमा उपलब्ध छ ।

सामसङले आफ्ना प्रयोगकर्ताहरूलाई किफायती मूल्यमा आकर्षक फिचरहरू ल्याएको र यसले यो फोनलाई युवा प्रयोगकर्ताहरूका लागि एक आदर्श उपकरण बनाउने कम्पनीले जनाएको छ ।

प्रकाशित समय : १५:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु