गृहपृष्ठ आइसीसी टी-२० विश्वकप : इंग्ल्यान्डविरुद्ध ब्याटिङ गर्दै भारत
आइसीसी टी-२० विश्वकप : इंग्ल्यान्डविरुद्ध ब्याटिङ गर्दै भारत

अष्ट्रेलियामा जारी आठौं संस्करणको आइसीसी टी-२० विश्वकपको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध भारतले सुरुआतमा ब्याटिङ गर्ने भएको छ । एडिलेट ओभलमा इंग्ल्यान्डले टस जितेर पहिले फिल्डिङ रोजेपछि भारतले ब्याटिङको निम्तो पाएको हो ।
सन् २००७ को पहिलो संस्करणको टी-ट्वान्टी विश्वकपको च्याम्पियन भारत २०१४ को विश्वकपमा पछिल्लो पटक फाइनलमा पुगेको थियो । सन् २०१० को तेस्रो संस्करणको टी-ट्वान्टी विश्वकपको च्याम्पियन इंग्ल्याण्ड २०१६ को विश्वकपमा फाइनल पुगेको थियो ।
दुवै टोलीले सिधै सुपर १२ मा स्थान बनाएका थिए । यी दुई देशबीच टी-२० अन्तराष्ट्रियमा हालसम्म २२ खेल हुँदा भारत १२ र इंग्ल्याण्ड १० खेलमा विजयी भएका छन् । पछिल्ला पाँच भेटमा भने भारत हाबी भएको छ । भारत चार खेलमा विजयी हुदाँ एक खेलमा इंग्ल्यान्ड विजयी भएको छ ।
विश्वकपको पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ । फाइनल खेल आइतबार हुनेछ ।
प्रकाशित समय : १४:५३ बजे