काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

तोलामा १४ सयले बढ्यो सुनको भाउ

735
shares

ai logo सारांश

  • नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।
  • लगातार घटेको सुनको भाउ आज सामान्य बढेको हो ।

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । केही दिनदेखि लगातार घटेको सुनको भाउ आज सामान्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ४२ हजार आठ रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुन प्रतितोला दुई लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज १० ग्राम सुनको मूल्य २ लाख ८ हजार १६० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको भाउ तोलाको तीन हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।