गृहपृष्ठ मोरङ ३ (१) मा मानबहादुर लिम्बूले गराए मनोनयन दर्ता
मोरङ ३ (१) मा मानबहादुर लिम्बूले गराए मनोनयन दर्ता
मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभाका लागि नेपाली कांग्रेसका तर्फबाट मानबहादुर लिम्बूले उम्मेदवारी दर्ता गरेका छन् । लिम्बू नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति हुन् ।
उक्त क्षेत्रका उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू-संरक्षणमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएपछि निर्वाचन आयोगले कांग्रेसलाई नयाँ उम्मेदवारको मनोनयनका लागि आज १० बजेदेखि १ बजेसम्मका लागि समय दिएको थियो ।
लिम्बूले बेलबारीस्थित निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । लिम्बूले उम्मेदवारी दिएसँगै अब एमालेबाट उम्मेदवार बनेका दिलीप राईसँग प्रतिस्पर्धा गर्ने छन् ।
प्रकाशित समय : १४:४१ बजे



















