गृहपृष्ठ आइसीसी टी-२० विश्वकप : भारतले दियाे इंग्ल्यान्डलाई १६९ रनको लक्ष्य
आइसीसी टी-२० विश्वकप : भारतले दियाे इंग्ल्यान्डलाई १६९ रनको लक्ष्य

आइसीसी टी-२० विश्वकपको दोस्रो सेमिफाइनलमा भारतले इंग्ल्यान्डलाई १ सय ६९ रनको विजय लक्ष्य दिएको छ ।
अष्ट्रेलियाकाे एडिलेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनायो । भारतका लागि हार्दिक पाण्डयले सर्वाधिक ६३ रन बनाए । यस्तै विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ खेले ।
कप्तान रोहित शर्माले २७ रन जोड्दा सूर्यकुमार यादव १४ रनमा आउट भए । ऋषव पन्त ६ र केएल राहुल ५ रनमा आउट भए । इंग्ल्यान्डका क्रिस जोर्डनले ३ विकेट लिए । क्रिस वोक्स र आदील राशिदले १/१ विकेट लिए ।
यस खेलको विजेताले फाइनलमा पाकिस्तानको सामना गर्नेछ । विश्वकपको पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ ।
फाइनल खेल आइतबार हुनेछ ।
प्रकाशित समय : १६:११ बजे