गृहपृष्ठ थप ५३ जनामा कोरोना पुष्टि
थप ५३ जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय ७१ जनाको नमुना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १८ पुगेको छ ।
यस अवधिमा ५१ जना कोरोनामुक्त पनि भएका छन् । कोरोना संक्रमणकाे निको हुनेको दर ९८.७ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ ।
हाल देशभर ७२७ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित समय : १५:५१ बजे




















