global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ माधव नेपाललाई आयोगले कारबाही गर्न निर्देशन दिएपछि नेकपा एसले खोल्यो मुख

माधव नेपाललाई आयोगले कारबाही गर्न निर्देशन दिएपछि नेकपा एसले खोल्यो मुख

माधव नेपाललाई आयोगले कारबाही गर्न निर्देशन दिएपछि नेकपा एसले खोल्यो मुख

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कारबाही गर्न निर्वाचन आयोगले प्रहरीलाई दिएको निर्देशनप्रति पार्टीले आपत्ति जनाएको छ ।

पार्टीका उपमहासचिव डा. विजय पौडेलले निर्वाचन आयोगको यस्तो रवैयाप्रति आपत्ति जनाउनु भएको हो । उहाँले अध्यक्ष नेपालले स्पष्टीकरण नबुझाउँदै प्रहरीलाई कारबाही गर्न आयोगले दिएको निर्देशन लोकतन्त्र विपरीत भएको जिकिर गर्नुभएको छ ।

“स्पष्टीकरण नबुझाउँदै कारबाहीको आदेश रु यो त ज्यादती भयो । आयोगको यो कदम लोकतन्त्रको विरुद्ध छ,” उनले ट्विटरमा भनेका छन् ।

आयोगले अध्यक्ष नेपालले सार्वजनिक अभिव्यक्ति मार्फत फ्री भिसा फ्री टिकटको प्रलोभन देखाएको भन्दै बिहीबार स्पष्टीकरण सोधेको छ ।

त्यस्तै कारबाही प्रक्रिया पनि अघि बढाउन रौतहट प्रहरीलाई निर्देशन दिएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको वक्तव्य नेपालकै भएको उल्लेख गर्दै आयोगले नेपालविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन पत्र लेखेको हो ।

निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (४) को खण्ड (च) मा कुनै किसिमले लोभ लाल देखाउने वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था छ ।

ऐनको दफा २० को उपदफा (४) उपदफा (१) को खण्ड (च) विपरीतको कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा २ वर्षसम्म कैद तथा दुवै सजाय हुनेछ भन्ने व्यवस्था छ ।

आयोगले माधवकुमार नेपालबाट निर्वाचन सम्मुखमा युवाहरुलाई विदेश पठाउने भनी सार्वजनिक रूपमा प्रलोभन देखाउने कार्य गरेकोले सम्बन्धमा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३९ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई अनुरोधसहित पत्र लेखेको हो ।

प्रकाशित समय : १६:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु