global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ इन्डोनेसियामा ९९ बालबालिकाको मृत्युपछि सबै सिरप औषधिमा प्रतिबन्ध

इन्डोनेसियामा ९९ बालबालिकाको मृत्युपछि सबै सिरप औषधिमा प्रतिबन्ध

इन्डोनेसियामा ९९ बालबालिकाको मृत्युपछि सबै सिरप औषधिमा प्रतिबन्ध

एजेन्सी । इन्डोनेसियामा करिब १०० बालबालिकाको मृत्युले देशलाई सबै सिरप र तरल औषधिको बिक्री स्थगित गर्न प्रेरित गरेको छ ।

गाम्बियामा कफ सिरपका कारण करिब ७० बालबालिकाको मृत्यु भएको बताइरहेका बेला इन्डोनेसियामा पछिल्लो घटना सार्वजनिक भएको हो ।

इन्डोनेसियाले भने कि केही सिरप औषधिमा तीव्र मृगौला चोट(एकेआई)सँग सम्बन्धित सामग्रीहरू फेला परेको थियो, जसका कारण यस वर्ष ९९ साना बालबालिकाको मृत्यु भएको छ ।

उक्त औषधि निर्यात गरिएको थियो वा स्थानीय रूपमा उत्पन्न गरिएको थियो भन्ने बारेमा केही खुलाइएको छैन् । बिहीबार इन्डोनेसियाका स्वास्थ्य अधिकारीहरूले भने कि उनीहरूले बच्चाहरूमा एकेआईका करिब २०० केस रिपोर्ट गरेको बताएका छन् ।

प्रकाशित समय : १६:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु