चोलेन्द्रकाे बयान सुरू
वि.सं.२०७९ भदौ २६ आइतवार १४:०८
shares

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको बयान सुरु भएको छ । महाभियोग सिफारिस समितिले राणासँग केहीबेर अघिदेखि आजकाे बयान लिन सुरु हाे ।
आज बाँकी रहेका ३२ प्रश्न साेधिने बताइएकाे छ । कुल ४३ प्रश्नमध्ये हालसम्म ११ साेधिसकिएकाे छ । आजकाे बयानमा उनलाई एकैपटक प्रश्न दिने र उनले बाेलेपछि अन्तिममा सांसदले प्रश्न साेध्ने तयारी रहेकाे समितिले जनाएकाे छ । समितिले भदौ १५ गतेदेखि राणासँग बयान लिइरहेको छ ।
प्रतिनिधि सभाले साउन १५ मा राणा विरुद्धको महाअभियोगको प्रस्ताव समितिमा पठाउने निर्णय गरेको थियो । सत्तारुढ दलले २१ आरोपसहित राणाविरुद्ध गएको फागुनमा महाभियोग प्रस्ताव संसदमा दर्ता गराएका थिए ।
राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधि सभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए । संसद्ले गत फागुन २२ मै महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते मात्र समितिको पहिलो बैठक बसेको थियो ।

























