काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गठबन्धनको बैठक निष्कर्षविहीन

भोलि बसेर हामी सबै टुंग्याउछौं : झलनाथ खनाल

8.48K
shares

सत्ता गठबन्धनको आजकाे बैठक पनि निष्कर्षविहीन बनेको छ । सिट बाँडफाँटका लागि बसेको गठबन्धनका शीर्ष नेताहरू सहभागी बैठक निष्कर्षविहीन टुंगिएको हो ।

आगामी निर्वाचनमा चुनावी तालमेल गर्दा कुन दलले कति सिट लिने भन्ने विषयमा सहमति जुटाउन प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा शनिबार बेलुकी पनि बैठक बसेको थियो । तर, कुनै सहमति बन्न सकेको थिएन ।

आजकाे बैठकमा तालमेलको बारेमा गम्भीर समीक्षा भएको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताए । उनका अनुसार बैठकमा कार्यदलले आफ्नो रिपोर्टिङ गरेको छ । ‘अझै धेरै कुरा मिलाउन बाँकी छ । भोलि बसेर हामी सबै टुंग्याउछौं,’ उनले भने ।

भोलि बिहान ८ बजे बस्ने बैठकले सकेसम्म सबै कुरा सहमतिमा टुंगाउने उनले दाबी गरे ।