गृहपृष्ठ सामसङको ग्यालेक्सी ‘बड्स २ प्रो’, ‘वाच ५’ र ‘वाच ५ प्रो’ सार्वजनिक
सामसङको ग्यालेक्सी ‘बड्स २ प्रो’, ‘वाच ५’ र ‘वाच ५ प्रो’ सार्वजनिक
सामसङले नयाँ बड्स र घडी बजारमा ल्याएको छ । सामसङले ग्यालेक्सी बड्स २ प्रो र ग्यालेक्सी वाच ५ र वाच ५ प्रो नेपाली बजारमा सार्वजनिक गरेको हो ।
ग्यालेक्सी बड्स २ प्रो
ग्यालेक्सी बड्स २ प्रोमा स्पष्ट स्वरमा उच्च गुणस्तरीय ध्वनि रहेको छ । यसमा जडित ताररहित हाइ फाइ २४ बिट अडियो र एक तीक्ष्ण ३६० अडियोले भिडमा बसेर सुन्दा पनि बाहिरको हल्लालाई कुनै मतलब राख्दैन । यसको एएनसीमा स्तरोन्नति भएको छ, जसले गर्दा जहाँ बसेर पनि इकोसिस्टममा जोडिन र ट्युन गर्न सकिन्छ ।
प्रयोगकर्ताहरूको सुविधा र सहजतालाई ध्यानमा राखेर यसमा परिवर्तन गरिएको छ । यसको बजार मूल्य २७ हजार ९९९ रुपैयाँ रहेको छ ।
ग्यालेक्सी वाच ५ सिरिज
ग्यालेक्सी वाच ५ र वाच ५ प्रोमा ब्याट्रीको जीवन, टिकाउपना लगायत उपकरणको स्तरोन्नति गरेको छ । वाच ५ र वाच ५ प्रोमा भएको बायोएक्टिभ सेन्सरको प्रयोगले राम्ररी बुझ्न सकिन्छ ।
बढाइएको सतह क्षेत्र र ग्राहकहरूको नाडीसँग धेरै सिधा सम्पर्क हुनाले अझ बढी सही रूपमा नाप्न सक्ने भएको छ । वाच ५ प्रोमा जीपीएक्स जडित भएकोले चालहरूको पनि रेकर्ड राखेर जानकारी दिन्छ ।
दुवै वाचमा शरीर संरचना मापन गर्ने यन्त्र जडान गरिएको छ, जसले वर्कआउट वा प्रशिक्षणद्वारा आफ्नो व्यक्तिगत लक्ष्य तोक्न सहयोग गर्दछ । वाच ५ (४० एमएम)को मूल्य ३९ हजा ९९९ रुपैयाँ, वाच ५ (४४एमएम)को मूल्य ४४ हजार ९९९ रुपैयाँ र वाच ५ प्रोको मूल्य ६४ हजार ९९९ रुपैयाँ रहेको छ ।
प्रकाशित समय : १६:५४ बजे



















