global ime bank Long Banner Ad

गृहपृष्ठ नाडा ईभी एक्स्पो : तयारी तीव्र, लक्की ड्र सम्पन्न

नाडा ईभी एक्स्पो : तयारी तीव्र, लक्की ड्र सम्पन्न

नाडा ईभी एक्स्पो : तयारी तीव्र, लक्की ड्र सम्पन्न

पहिलोपटक हुन लागेको ‘नाडा ईभी एक्स्पो २०२२’को तयारी तीव्र गतिमा अगाडि बढिरहेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ ।

आयोजकका अनुसार एक्स्पोमा चारपांग्रे, तीनपांग्रे दुईपांग्रे विद्युतीय सवारीसाधनहरुको उल्लेख्य सहभागिता रहनेछ । यसैगरी सो प्रदर्शनीमा अटोकम्पोनेण्ट, टायर, ब्याट्री, ग्यारेज इक्विपमेन्ट्स, चार्जिङ स्टेसनलगायत बैंक तथा इन्स्योरेन्स कम्पनीहरु समेत गरी कुल ४५ भन्दा बढी कम्पनीहरुको सहभागिता हुने भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आगामी असोज ६ देखि ९ गतेसम्म एक्स्पो आयोजना हुनेछ । एक्स्पोमा सहभागी हुने कम्पनीहरुको लागि लक्की ड्र कार्यक्रम आज टेकुस्थित आफ्नै सचिवालयमा सम्पन्न गरेको नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिए ।

योसँगै कम्पनीहरुको स्टल टु‌ंगो लागेको छ । उक्त लक्की ड्र कार्यक्रममा नाडाका अध्यक्ष ध्रुव थापा, कोषाध्यक्ष मिलनबाबु मल्ल, तथा केन्द्रीय कार्य समिति सदस्य प्रदिपमान प्रधान समेतको उपस्थिति रहेको थियो ।

प्रकाशित समय : १७:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु