गृहपृष्ठ ‘केएफसी’को १४औं शाखा बुटवलमा
‘केएफसी’को १४औं शाखा बुटवलमा
अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा १४औं शाखा बिस्तार गरेको छ । बुटवल उपमहानगरपालिका-८, सुख्खानगरस्थित भाटभटेनी डिपार्टमेन्टल स्टोरको छेउमा केएफसीको नयाँ शाखा खोलिएको हो ।
यस आउटलेटमा केएफसीका विभिन्न चिकेन परिकार जस्तै Hot and Crispy Chicken, Chicken Popcorn, Chicken Strips लगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिनेछ । केएफसीले आफ्ना ग्राहकका लागि विभिन्न स्वादिष्ट परिकार उपलब्ध गराउँदै कोभिड-१९ को रोकथामका लागि विश्वस्तरीय सुरक्षा नीतिसमेत अवलम्बन गरको छ । जसका लागि ४ प्रकारका सुरक्षा मापदण्ड स्वच्छता, जाँच, सामाजिक दुरी र कन्ट्याटलेस सेवाजस्ता मापदण्डलाई अनिवार्य गरिएको जनाइएको छ ।
१ हजार ८८० वर्गफिटमा खोलिएको यो रेस्टुरेन्टमा एक पटकमा ६५ जना ग्राहकले सेवा लिन सक्नेछन् । रेस्टुरेन्टले हाल बिहान १० बजेबाट रातको १० बजेसम्म डाइन-इन र टेक अवेमार्फत सेवा दिइरहेको छ । साथै भोज डिलमार्फत डेलिभरी सेवामार्फत घरै बसेर विश्वस्तरीय परिकारको मज्जा लिन सकिनेछ ।

प्रकाशित समय : १५:५६ बजे



















