global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालद्वारा केन्यालाई २३१ रनको लक्ष्य

नेपालद्वारा केन्यालाई २३१ रनको लक्ष्य

नेपालद्वारा केन्यालाई २३१ रनको लक्ष्य

नेपालले दोस्रो एकदिवसीय खेलमा घरेलु टोली केन्यासामु जितका लागि २ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ३० रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले ७८ रनको अर्धशतकीय इनिङ खेले । रोहितले ९५ बलमा ७ चौका प्रहार गरे ।

यस्तै देव खनालले ३७ रन जोड्दा सोमपाल कामीले २६ रन बनाए । ज्ञानेन्द्र मल्लले २५, वसिर अहमदले १७, आदील अन्सारीले १४, अर्जुन साउदले ५ तथा दीपेन्द्र सिंह ऐरी र पवन सर्राफ समान २ रन बनाएर आउट भए ।

करण केसी ११ रनमा आउट हुँदा आदील आलम सुन्य रनमा अविजित रहे । केन्याका भिराज पटेल, शेम एन्गोचे, नेहिमिह ओधियाम्बोले २/२ विकेट लिए ।

पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । नेपालले यसअघि केन्या विरुद्धको पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज ३-२ ले जितेको थियो ।

नेपालले घरेलु टोली विरुद्धको तेस्रो एकदिवसीय खेल भने सोमबार खेल्नेछ ।

प्रकाशित समय : १५:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु