कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
वि.सं.२०७९ साउन २८ शनिवार ०८:५८
shares
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक आज बिहान साढे ९ बजे केन्द्रीय पार्टी कार्यालय सानेपामा बस्न लागेको हो ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको तयारी, गठबन्धन दलहरुबीच सिट बाँडफाँट लगायतका विषयमा छलफल हुनेछ ।
केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलगायत सबै सदस्यलाई बैठकमा अनिवार्य उपस्थिति हुने निर्देशन दिइएको छ ।

























