काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मेसीको दुई गोलमा पीएसजी विजयी

9.28K
shares

लियोनल मेसीले गरेको दुई गोलको मद्दतले पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली लिग वानमा क्लेरमोन्टलाई ५-० को गोलान्तरले हराएको छ । योसँगै पीएसजीले लिग उपाधिको अभियान समेत सुरु गरेको छ ।

पीएसजीका लागि नेयमारले गोलको खाता खोलेपछि अचराफ हकिमी र मारक्विन्होसले पहिलो हाफमा गोल थपे भने दोस्रो हाफको अन्त्यतिर मेसीले दुई गोल गरे । त्यसमध्ये एक गोल उत्कृष्ट ‘ओभर हेड किक’ को मद्दतले भएको थियो ।

यसैगरी जर्मनी मार्को रेउसले गरेको एक मात्र गोलको मद्दतले बोरुसिया डर्टमुन्डले शनिबार जर्मन बुंडेसलिगामा बायर लेभरकुजनलाई १–० ले हराएको छ ।