global ime bank Long Banner Ad

गृहपृष्ठ आसन्न निर्वाचनका लागि आजदेखि दल दर्ता

आसन्न निर्वाचनका लागि आजदेखि दल दर्ता

आसन्न निर्वाचनका लागि आजदेखि दल दर्ता

प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु हुँदैछ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आजदेखि साउन ३१ गतेसम्म दल दर्ताको समय तोकिएको बताए ।

आयोगमा २०७९ साउन १९ सम्म दर्ता कायम भएका राजनीतिक दलहरु प्रत्यक्ष र समानुपातिक तर्फको निर्वाचन प्रयोजनका लागि दर्ता हुन पाउने छन् । दल दर्ता गर्न काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगमा कार्यालय समयभित्र जानुपर्ने छ ।

दल दर्ताको निवेदन दिँदा राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल, वेबसाइट र सामाजिक सञ्जालको खातासमेत खुलाउनु पर्नेछ ।

दल दर्ता गर्दा खुलाउनुपर्ने विवरण र चाहिने कागजात यो सूचनामा हेर्नुस् :

प्रकाशित समय : ०७:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु