global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: प्रदीप गिरि

किशोर नेपालको नजरमा प्रदीप गिरि

किशोर नेपालको नजरमा प्रदीप गिरि

मृत्युको अपेक्षा कसैले गर्दैन । त्यो जहिले पनि अनपेक्षित हुन्छ । हामी कसैले पनि प्रदीप गिरि यति छिटै दिवङ्गत हुनुहोला भनेर सोचेका थिएनौं । उहाँ उपचारका लागि भारतको मुम्बइमा हुनुहुन्थ्यो । हामी उहाँ छिटै निको भएर फर्किनु हुनेछ भन्ने अभिलाषामा बाँचेका थियौं । उहाँको निधन असामयिक थिएन । उहाँ उमेरको माथिल्लो हदमा हुनुहुन्थ्यो । यति हो कि, हाम्रो सोचाइमा उहाँको महाप्रस्थानको समय भएको थिएन । काललाई कसैले छल्न सक्दैन । प्रदीप गिरिले पनि त्यसलाई छल्न सक्नु भएन ।

नेता गिरिको आश्रममा सन्नाटा
नेता गिरिको आश्रममा सन्नाटा

नेता कार्यकर्ताको बाक्लै जमघट हुने नेपाली कांग्रेसका नेता प्रदीप गिरिको आश्रममा यतिबेला सन्नाटा छाएको छ । सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित नेता गिरिले शान्तरुपमा बस्न र थकाइ मेटाउन गाउँ नजिकै खुट्टी खोला किनारमा आश्रम बनाएका थिए । उनको निधनसँगै...

प्रदीप गिरि : ‘अनटेस्टेड, बट रेफ्री’
प्रदीप गिरि : ‘अनटेस्टेड, बट रेफ्री’

प्रदीप गिरिको निधनपछि शास्त्रीय चिन्तन र छलफलको एउटा महत्वपूर्ण खम्बा ढलेको महसुस गरिएको छ । यो रिक्तता तत्कालै पूरा होला भन्नेमा कसैको पनि विश्वास देखिँदैन । त्यति मात्र होइन, यो रिक्तता अब कहिल्यै पनि पूर्ति हुँदैन भन्ने विश्वास गर्नेको संख्या...

प्रदीप गिरि : कम्युनिस्टलाई मार्क्सवाद पढाउने गुरू
प्रदीप गिरि : कम्युनिस्टलाई मार्क्सवाद पढाउने गुरू

राजनीतिकरुपमा नेपाली कांग्रेसको छत्रछायाँमा रहे तर जीवनभर उनी मार्क्सवादी अध्ययन, चिन्तन र मननमा रमाए । उनी अर्थात् समाजवादी चिन्तक प्रदीप गिरि । ‘आर्थिक विकासलाई मात्र समाजवाद भन्न सकिँदैन,’ नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेका समाजवादी चिन्तक गिरिले सधैँ यसमा जोड दिँदै...

सादगी जीवनशैली, इमान्दारिता र निष्ठा गिरीबाट सिक्नुपर्छ : प्रसाईं
सादगी जीवनशैली, इमान्दारिता र निष्ठा गिरीबाट सिक्नुपर्छ : प्रसाईं

नेपाली राजनीतिमा निष्ठा, आदर्श र वौद्धिक व्यक्तिका रूपमा आफ्नो विशिष्ट छवि बनाएका प्रदीप गिरि राष्ट्रियरुपमा मात्र नभई अन्तर्राष्ट्रियरुपमा पनि चर्चित छन् । स्वास्थ्य समस्याका कारण लामो समय अस्पतालमा उपचाररत उनको हिजो निधन भएको छ । उनको निधनको खबरले सबैलाई दुखित...

मानव अधिकारवादीको सम्झनामा समाजवादी चिन्तक प्रदीप गिरि
मानव अधिकारवादीको सम्झनामा समाजवादी चिन्तक प्रदीप गिरि

समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरि देश, पार्टी र सत्ताको सीमाभन्दा माथि उठेको व्यक्तित्वका रूपमा सम्झन्छन् पूर्वसभामुख एवं मानव अधिकारवादी नेता दमननाथ ढुंगाना । प्रखर विचारक र वक्ताका रूपमा स्थापित गिरि देशका सच्चा समाजवादी भएको उनी बताउँछन् ।...

कांग्रेस नेता गिरिको निधनप्रति वहालवाला र पूर्वप्रधानमन्त्रीहरूले के भने ?
कांग्रेस नेता गिरिको निधनप्रति वहालवाला र पूर्वप्रधानमन्त्रीहरूले के भने ?

नेपाली कांग्रेसका वौद्धिक नेता प्रदीप गिरिको ७५ वर्षको उमेरमा निधन भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको शनिबार राति साढे ९ बजे निधन भएको हो । विभिन्न दलका नेता तथा कार्यकताहरूले उनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।...

नेता गिरिको निधनबाट नयाँ समाजवादी धारको विकासमा क्षतिः अध्यक्ष डा. भट्टराई
नेता गिरिको निधनबाट नयाँ समाजवादी धारको विकासमा क्षतिः अध्यक्ष डा. भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट नयाँ समाजवादी धारको विकासमा ठूलो क्षति पुगेको बताएका छन् । पैतालीस वर्ष निरन्तर गिरिसँगको गहन बौद्धिक विमर्शले आफूलाई ठूलो ऊर्जा प्रदान गर्ने गरेको स्मरण गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले...

गिरिको निधनबाट मर्माहत भएको छु : ओली
गिरिको निधनबाट मर्माहत भएको छु : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेता प्रदीप गिरिको निधनबाट मर्माहत भएको बताएका छन् । उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु ।’ उनले गिरिप्रति श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त...

गिरिको निधनले समकालिन राजनीतिमा गहिरो अभाव भयो : प्रचण्ड
गिरिको निधनले समकालिन राजनीतिमा गहिरो अभाव भयो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट समकालीन नेपाली राजनीतिमा अभावको अनुभूति भएको बताएका छन् । गिरिको निधनले स्तब्ध बनाएको बताउँदै प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गिरिको निधनबाट समकालीन नेपाली राजनीतिमा एक गहिरो अभावको...