गृहपृष्ठ गिरिको निधनले समकालिन राजनीतिमा गहिरो अभाव भयो : प्रचण्ड
गिरिको निधनले समकालिन राजनीतिमा गहिरो अभाव भयो : प्रचण्ड
फाइल फोटो
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट समकालीन नेपाली राजनीतिमा अभावको अनुभूति भएको बताएका छन् ।
गिरिको निधनले स्तब्ध बनाएको बताउँदै प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गिरिको निधनबाट समकालीन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।’ उनले शोकसन्तप्द परिवारजनप्रति समवेदना पनि प्रकट गरेका छन् ।
घाँटीको क्यान्सरबाट पीडित गिरिको ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा गए राति साढे ९ बजे निधन भएको थियो ।
भारतमा क्यान्सरको उपचार गराएर फर्किएका गिरिको स्वास्थ्यमा समस्या बढेपछि साउन दोस्रो साता मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।
प्रकाशित समय : ०८:५८ बजे


















