गृहपृष्ठ नेता गिरिको निधनबाट नयाँ समाजवादी धारको विकासमा क्षतिः अध्यक्ष डा. भट्टराई

नेता गिरिको निधनबाट नयाँ समाजवादी धारको विकासमा क्षतिः अध्यक्ष डा. भट्टराई

नेता गिरिको निधनबाट नयाँ समाजवादी धारको विकासमा क्षतिः अध्यक्ष डा. भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट नयाँ समाजवादी धारको विकासमा ठूलो क्षति पुगेको बताएका छन् ।

पैतालीस वर्ष निरन्तर गिरिसँगको गहन बौद्धिक विमर्शले आफूलाई ठूलो ऊर्जा प्रदान गर्ने गरेको स्मरण गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले गिरिको निधनमा निःशब्द रहेको जनाए ।

‘नयाँ समाजवादी धारको विकासमा लागेका हामी सबैलाई उहाँको निधनले ठूलो क्षति पुगेको छ’, अध्यक्ष भट्टराईले ट्वीटमार्फत भनेका छन् । उनले गिरिप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

प्रकाशित समय : १०:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु