गृहपृष्ठ नाट्टा निर्वाचनका लागि भरत जंग पाण्डे नेतृत्वको प्यानल सार्वजनिक

नाट्टा निर्वाचनका लागि भरत जंग पाण्डे नेतृत्वको प्यानल सार्वजनिक

नाट्टा निर्वाचनका लागि भरत जंग पाण्डे नेतृत्वको प्यानल सार्वजनिक

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औँ वार्षिक साधारणसभासँगै हुने २५औँ कार्यसमिति निर्वाचनका लागि भरत जंग पाण्डेको नेतृत्वमा ‘भरत एन्ड टिम’ले आफ्नो प्यानल सार्वजनिक गरेको छ।

आगामी अगस्ट १४ मा हुने निर्वाचनलाई लक्षित गर्दै ‘सशक्त नाट्टा, समृद्ध पर्यटन : सदस्यसँगै, सदस्यका लागि’ भन्ने नारासहित प्यानल सार्वजनिक गरिएको हो।

प्यानलअनुसार अध्यक्षमा एभरेस्ट मिरेकल ट्राभल्स एन्ड टुर्सका सञ्चालक भरत जंग पाण्डे उम्मेदवार छन्। वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा, उपाध्यक्षमा सबिता केसी भट्टराई, महासचिवमा राजकुमार देवकोटा, सचिवमा रमेश पराजुली, कोषाध्यक्षमा डिकी शेर्पा तथा सह–कोषाध्यक्षमा जीवन कोइरालाले उम्मेदवारी दिएका छन्।

कार्यसमिति सदस्यमा दिनानाथ पाण्डे (प्रकाश), दिनेश मैनाली, दीपक मरासिनी, नबिन गुरुङ, प्रकाश लोहनी, सरला सापकोटा, सुमन लाल श्रेष्ठ र स्वस्तिका प्रधान उम्मेदवार रहेका छन्।

प्यानलले पर्यटन क्षेत्रको नीतिगत सुधार, व्यवसायीको हकहित संरक्षण तथा नाट्टालाई समयानुकूल र प्रभावकारी संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ। निर्वाचन नजिकिँदै जाँदा देशभरका सदस्य व्यवसायीसँग भेटघाट तथा चुनावी अभियानलाई समेत तीव्र बनाइएको प्यानलले जनाएको छ।

प्रकाशित समय : १६:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु