गृहपृष्ठ यामाहा नेपालका साझेदारको थाइल्याण्ड भ्रमण सम्पन्न, नेपालमै पहिलो ई–मोटरसाइकल ल्याउने संकेत

यामाहा नेपालका साझेदारको थाइल्याण्ड भ्रमण सम्पन्न, नेपालमै पहिलो ई–मोटरसाइकल ल्याउने संकेत

यामाहा नेपालका साझेदारको थाइल्याण्ड भ्रमण सम्पन्न, नेपालमै पहिलो ई–मोटरसाइकल ल्याउने संकेत

काठमाडौं । यामाहा नेपालको ‘ब्लू सर्ज–पावरिङ अहेड टुगेदर पार्टनर्स मीट २०२६’ सम्पन्न भएको छ। कार्यक्रममा सहभागी हुन थाइल्याण्ड गएका कम्पनीका साझेदार तथा प्रतिनिधिहरू पाँचदिने भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्।

जुलाई २७ देखि ३१ सम्म पटायादेखि बैंककसम्म सञ्चालन गरिएको कार्यक्रममा साझेदार सम्मेलन, नेटवर्किङ सत्र र उत्कृष्ट डिलर सम्मान कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ। गाला डिनरका अवसरमा बिक्री, सेवा, स्पेयर पार्ट्स, रिटेल फाइनान्स तथा सामाजिक सञ्जालमा उत्कृष्ट प्रदर्शन गर्ने विभिन्न डिलरहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै यामाहा मोटर इन्डिया ग्रुपका अध्यक्ष हाजिमे अओटाले नेपाल यामाहाका लागि महत्वपूर्ण बजार रहेको उल्लेख गर्दै भारतबाहिर पहिलोपटक कम्पनीको ई–सिरिज इलेक्ट्रिक मोटरसाइकल नेपालमा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए। उनले नेपाललाई विद्युतीय सवारी विस्तारका लागि सम्भावनायुक्त बजारका रूपमा व्याख्या गरे।

एमएडब्लू राइड्सका अध्यक्ष विष्णुकुमार अग्रवालले गत वर्ष तय गरिएका लक्ष्यभन्दा बढी उपलब्धि हासिल भएकाले त्यसको सफलताको उत्सवस्वरूप थाइल्याण्ड भ्रमण आयोजना गरिएको बताए। उनले डिलर नेटवर्कको सहकार्यले कम्पनीको व्यवसाय विस्तारमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी वर्ष अझ राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।

औपचारिक कार्यक्रमबाहेक सहभागीहरूले कोरल आइल्याण्ड भ्रमण, बैंककका प्रमुख पर्यटकीय स्थल अवलोकन, किनमेल तथा क्रुज यात्रालगायत गतिविधिमा पनि सहभागिता जनाएका थिए।

प्रकाशित समय : १६:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु