गृहपृष्ठ नेपाल बैंक र चितवन इनर्जीबीच ऋण सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ऋण सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ऋण सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच जलविद्युत् आयोजना निर्माण तथा सञ्चालनका लागि ऋण सम्झौता भएको छ।

नेपाल बैंकका अनुसार साउन २० गते भएको सम्झौताअनुसार चितवन इनर्जी लिमिटेडद्वारा प्रवर्द्धित लोअर हुग्दीखोला जलविद्युत् आयोजना (४.७५ मेगावाट) को निर्माण तथा सञ्चालनका लागि कुल परियोजना लागतको ७० प्रतिशत अर्थात् करिब ५१ करोड रुपैयाँ बराबरको ऋण तथा अन्य बैंकिङ सुविधा उपलब्ध गराइनेछ।

सम्झौतापत्रमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र चितवन इनर्जी लिमिटेडका तर्फबाट सञ्चालक गोपालप्रसाद निरौला ले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि प्रमुख कार्यकारी अधिकृत पाण्डेयले परियोजनाको वित्तीय व्यवस्थापनका लागि नेपाल बैंकलाई रोजेकोमा धन्यवाद दिँदै आयोजना सफलतापूर्वक निर्माण र सञ्चालनको शुभकामना व्यक्त गरे। चितवन इनर्जीका सञ्चालक निरौलाले पनि बैंकको सहयोगप्रति आभार व्यक्त गर्दै आयोजना समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित समय : १६:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु