global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: गठबन्धन

गठबन्धन कुनै हालतमा टुट्न दिन हुँदैन : प्रधानमन्त्री देउवा
गठबन्धन कुनै हालतमा टुट्न दिन हुँदैन : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दलहरुले गठबन्धन टुटाउन लागेको आरोप लगाएका छन् । मंगलबार राजधानीमा आयोजित नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले चारैतिरबाट गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका हुन् । निर्वाचनमा कुनै न कुनै दलसँग तालमेल गरेर जानुपर्नेमा...

‘सहमतिनजिक पुगिसकेका छौं, भोलि खबर दिन्छौं’
‘सहमतिनजिक पुगिसकेका छौं, भोलि खबर दिन्छौं’

नेपाली काग्रेसका नेता एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता गठबन्धन सहमतिनजिक पुगेको दाबी गरेका छन् । बालुवाटारमा भएको छलफलपछि पत्रकारसँग कुरा गर्दै उनले यसअघि तय भएको मापदण्डको आसपास रहेर सहमतिमा हुन लागिरहेकाे उनकाे भनाइ छ । तालमेलका बारेमा गम्भीरतापूर्वक छलफल...

गठबन्धनको टुंगाे भोलिसम्म लाग्छ : अध्यक्ष प्रचण्ड
गठबन्धनको टुंगाे भोलिसम्म लाग्छ : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धनको टुंगाे भोलिसम्ममा लागि सक्ने बताएका छन् । भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै आजै साँझसम्ममा खाका तयार हुने बताए । उनले भने, 'आज बेलुकासम्म...

‘ताजा जनादेश’ भन्नेबित्तिकै सत्ता गठबन्धनको सातो जान्छ : ओली
‘ताजा जनादेश’ भन्नेबित्तिकै सत्ता गठबन्धनको सातो जान्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘ताजा जनादेश’ भन्नेबित्तिकै सत्ता गठबन्धनको सातो जाने बताएका छन् । नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले गठबन्धनले जति षडयन्त्र गरे पनि स्थानीय तहको निर्वाचनबाट भाग्ने ठाउँ नभएको दोहोर्‍याए ।...

लुम्बिनीमा नेकपा एकीकृत समाजवादीलाई अलग्याएर चार दलीय गठबन्धन
लुम्बिनीमा नेकपा एकीकृत समाजवादीलाई अलग्याएर चार दलीय गठबन्धन

पाँच दलीय सत्तारूढ गठबन्धनले स्थानीय तहको निर्वाचनमा देशभर गठबन्धन गरेर जाने सहमति गरे पनि लुम्बिनी प्रदेशमा भने नेकपा एकीकृत समाजवादी बाहेकको गठबन्धन बनेको छ । बुधबार लुम्बिनी प्रदेशसभामा नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नेकपा एकीकृत समाजवादीबाहेक चार दलका प्रदेशस्तरीय नेताहरुको...

पाल्पामा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल
पाल्पामा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाल्पामा पाँच दलबीच चुनावी गठबन्धन गरिएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा तथा जनता समाजवादी पार्टीबीच चुनावी तालमेल हुने भएको हो । बुधबार संयन्त्रको बैठकले आगामी...

चुनावी तालमेलको ‘मोडालिटी’ तयार गर्दै गठबन्धन
चुनावी तालमेलको ‘मोडालिटी’ तयार गर्दै गठबन्धन

नेपाली कांग्रेस नेतृत्वमा बनेको पाँच दलीय गठबन्धनले स्थानीय निर्वाचनमा जाँदा तालमेलको ‘मोडालिटी’बारे थप निर्णय गर्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणपछि आइतबार साँझ स्वेदश आएकाले तालमेलको ‘मोडालिटी’बारे थप निर्णय गर्न मंगलबार बैठक बस्ने भएको छ । गठबन्धनको एउटा घटक राष्ट्रिय...

पूर्ण नभए आंशिक तालमेल हुन्छ, गठबन्धन टुट्दैन: प्रवक्ता खतिवडा
पूर्ण नभए आंशिक तालमेल हुन्छ, गठबन्धन टुट्दैन: प्रवक्ता खतिवडा

नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धनभित्र पूर्ण तालमेल नभए आंशिक तालमेल हुने बताए । समाजवादी प्रेस संगठन धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले भने, 'हामी गठबन्धनमा आवद्ध सबै दलबीच तालमेल गर्ने...

कसैले भनेर केही हुँदैन, गठबन्धन टुट्दैन : अध्यक्ष प्रचण्ड
कसैले भनेर केही हुँदैन, गठबन्धन टुट्दैन : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै निर्वाचनमा गठवन्धन हुने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले गठबन्धन हुने बताएका हुन् । प्रचण्डले स्थानिय, प्रदेश र संघीय निर्वाचनमा सरकारमा रहेका दलहरु बीचमा गठबन्धन हुने बताए ।...

गठबन्धनमा तालमेल भए त्यसको लाभ आफ्नो पार्टीलाई: नेता भट्टराई
गठबन्धनमा तालमेल भए त्यसको लाभ आफ्नो पार्टीलाई: नेता भट्टराई

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेका दलहरुबीच आसन्न स्थानीय तहको निर्वाचन तालमेल भएमा त्यसको लाभ आफ्नो पार्टीलाई हुने बताए । एमालेको जारी केन्द्रीय कमिटी बैठकस्थलमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै नेता भट्टराईले सिद्धान्त, कार्यक्रम, विचार र कार्यदिशा नमिल्ने...