काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गठबन्धन कुनै हालतमा टुट्न दिन हुँदैन : प्रधानमन्त्री देउवा

14.07K
shares

प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दलहरुले गठबन्धन टुटाउन लागेको आरोप लगाएका छन् । मंगलबार राजधानीमा आयोजित नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले चारैतिरबाट गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका हुन् ।

निर्वाचनमा कुनै न कुनै दलसँग तालमेल गरेर जानुपर्नेमा जोड दिँदै कांग्रेस सभापति समेत रहेका देउवाले कुनै पनि हालतमा गठबन्धन टुट्न दिन नहुनेमा जोड दिए ।

‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ । गठबन्धन टुट्यो भने के हालत हुन्छ रु त्यस्तो अवस्था नआओस्, संविधानअनुसार कसैको बहुमत आउने अवस्था छैन’, देउवाले भने, ‘त्यस कारणले कसैसँग त गठबन्धन गर्नैपर्‍यो ।