global ime bank Long Banner Ad

गृहपृष्ठ स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआइबीएल एस क्यापिटलको सहभागिता

स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआइबीएल एस क्यापिटलको सहभागिता

स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआइबीएल एस क्यापिटलको सहभागिता

एनआइबीएल एस क्यापिटल लिमिटेडले विराटनगरमा सम्पन्न भएको स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा पनि सहभागिता जनाएको छ । संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको यस कम्पनीले उक्त कार्यक्रममा पनि सहभागीहरुलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउँदै सो सेवामार्फत नविनतम् योजना र सोचलाई व्यवसायिक पूर्णता दिने उद्देश्य राखेको बताएको छ । २०७८ चैत १८ देखि लिभिङ विथ आइसीटीले सातै प्रदेशमा ई-बिमाको मुख्य प्रायोजनमा स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ आयोजना आरम्भ गरेको थियो ।

डिजिटल क्षेत्रमा क्रियाशिल स्थानीय नवप्रवर्द्धकलाई प्रवर्द्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । एनआइबीएल एस क्यापिटल लिमिटेडले संस्थागत परामर्श सेवामार्फत व्यवसायिक योजना बनाउन (Business Plan), व्यवसायको सम्भाव्यता अध्ययन गर्ने (Market Assessment & Feasibility),पूँजी संकलन गर्ने (Equity Raising), ऋण संकलनमा वित्तिय संस्था र व्यवसायी बीच मध्यस्थता गर्ने (Debt Raising & Loan Syndications) र अन्य व्यवसायिक जटिलतामा उचित परामर्श प्रदान गर्दै आएको छ ।

प्रकाशित समय : १८:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु