गृहपृष्ठ महिला युवा उद्यमी सम्मेलन हुने
महिला युवा उद्यमी सम्मेलन हुने

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)को आयोजनामा आगामी वैशाख १० गते महिला युवा उद्यमी सम्मेलन हुने भएको छ । सो संस्थाले २०१३ देखि नै महिला युवा उद्यमी सम्मेलन गर्दै आएकामा यो वर्षपनि गर्न लागेको हो । जसमा कृषि, निर्माण कार्य, शारिरिक व्यायाम, परामर्शदाता, अनुसन्धान क्षेत्रमा संलग्न महिला यूवा उद्यमीको सहभागिता रहने आयोजकले जनाएको छ । यस वर्ष व्यवस्थित र योजनावद्ध वाईई ए.स.डब्लू-२०२२का साथ उक्त कार्यक्रमको नारा ‘बीओण्ड ब्यारिअर’ राखिएको छ ।
अन्तर्राष्ट्रिय मजदुर संगठन, राष्ट्रिय वाणिज्य बैंक र युनाइटेड इन्स्योरेन्सलगायतको प्रायोजन रहेको सो कार्यक्रममा १५० भन्दा बढी उद्योगी व्यवसायी, सम्बन्धित क्षेत्रका विज्ञ, नव उद्योग तथा विद्यार्थीको उपस्थिति रहने अपेक्षा गरिएको छ ।
कार्यक्रममा आमाको अचारको तर्फबाट संगिता पाण्डे, महिला उद्धमी महासंघ का अध्यक्ष निरु रायमाझी खत्री, गोल्डस्टारबाट विधुषी राना, एफवान सफ्ट इन्टरनेशनलबाट सुभाष शर्मा, दराज नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आचल कुँवरले आफ्ना अनुभव, कार्यशाला तथा सारगर्भित मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ । यस्तै महिला युवा उद्यमीको अगुवाईमा स्टार्टअप तथा नयाँ उद्धमहरुमा बिहे-नेपाल, एडुकेस, माकुसे र सुइरो आदिको सहभागी रहने आयोजकको भनाइ छ ।
प्रकाशित समय : १९:१५ बजे