गृहपृष्ठ नबिल बैंक र सामाजिक परिवर्तनका लागि परोपकारी अभियान नेपालबीच सम्झौता
नबिल बैंक र सामाजिक परिवर्तनका लागि परोपकारी अभियान नेपालबीच सम्झौता
दिगो बैंकिङअन्तर्गत नबिल बैंकले गैरसरकारी संस्था सामाजिक परिवर्तनका लागि परोपकारी अभियान (पीआइएससी) द्वारा आयोजित 'युवा उद्यमशीलतामार्फत दिगो विकास लक्ष्य प्राप्त गर्ने' विषयमा सञ्चालित कार्यशालाको प्रायोजन गरेको छ। उक्त कार्यशाला गत चैत्र २५ र चैत २६ गते काठमाडौंमा भएको थियो ।
बैंकको तर्फबाट नायब महाप्रबन्धक आदर्श बजगाईं र पीआइएससी नेपालका कार्यकारी निर्देशक प्रवीण खनालले युवा उद्यमशीलतालाई मद्दत र प्रवर्द्धन गर्ने उक्त प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका थिए । युवा उद्यमशीलतामार्फत दिगो विकास लक्ष्य प्राप्त गर्न आयोजित दुई दिने कार्यशालामा विभिन्न विश्वविद्यालयका विद्यार्थी, इच्छुक उद्यमी लगायतले उद्यमशीलता विकासका लागि आफ्नो विचार र अवधारणा नोट प्रस्तुत गरेका थिए । उत्कृष्ट अवधारणा पीआइएससी नेपालद्वारा प्रकाशित पुस्तिकामा प्रकाशित गरिने आयोजक संस्थाले बताएको छ ।
कार्यशालाबाट अब्बल छानिएका अवधारणा तथा कार्यपत्रलाई नबिल बैंकले आवश्यक परेमा बैंकको नीतिको अधिनमा रही विभिन्न बैंकिङ सेवा प्रदान गर्ने बताएको छ । कार्यशालामा बोल्दै बैंकका नायव महाप्रबन्धक आदर्शले युवा उद्यमशीलतामार्फत आर्थिक वृद्धि तथा दिगो विकाशका लक्ष्य हासिल गर्नुपर्ने बताए । साथै, बैंकमा दिगो बैंकिङ सम्बन्धी छुट्टै विभागले यस सम्बन्धमा काम गर्दै आइरहेको समेत जानकारी गराए ।
नबिल दिगो बैंकिङले उद्यमशीलता सम्बन्धी तालिम तथा वित्तीय साक्षरता सम्बन्धी काम गर्दै आएका महिला, किसान र युवाका लागि नबिल किसान कर्जा र उद्यमशील कर्जा प्रदान गर्दै आएको छ । साथै, युवा उद्यमशीलता प्रवर्द्धनका लागि आयोजित यस्तो कार्यशालालाई सहयोग गर्न पाउदा खुसी लागेको नायव महाप्रबन्धक बजगाईंले बताए ।
संस्थाका कार्यकारी निर्देशक प्रवीण खनालले'बजार कहिल्यै मर्दैन-उद्यमशीलता कहिल्यै मर्दैन' भन्दै राष्ट्र निर्माणका लागि युवा उद्यमशीलता महत्वपूर्ण रहेकोमा जोड दिए । साथै, नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायमाझी खत्रीले राष्ट्रको आर्थिक उन्नतिमा महिलाद्धारा सञ्चालित व्यवसाय-उद्यमलाई प्रवर्द्धन गर्नुपर्ने बताइन् ।
प्रकाशित समय : १९:२९ बजे


















