गृहपृष्ठ गण्डकी र नारायणी क्षेत्रका ADM तथा Sun Emerging Club अभिकर्ता सम्मानित

गण्डकी र नारायणी क्षेत्रका ADM तथा Sun Emerging Club अभिकर्ता सम्मानित

गण्डकी र नारायणी क्षेत्रका ADM तथा Sun Emerging Club अभिकर्ता सम्मानित

काठमाडौं — सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गण्डकी तथा नारायणी क्षेत्रअन्तर्गतका एजेन्सी डेभलपमेन्ट म्यानेजर (ADM) तथा Sun Emerging Club का योग्य अभिकर्तालाई सम्मान गरेको छ।

कम्पनीको आयोजनामा पोखरास्थित होटल निवासमा आयोजित कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने ADM तथा अभिकर्तालाई सम्मान तथा प्रोत्साहन प्रदान गरिएको हो। कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा चिफ मार्केटिङ अफिसर गणेश चौलागाईंको विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रममा गण्डकी तथा नारायणी क्षेत्रका प्रदेश प्रमुख ईश्वरविक्रम सापकोटाले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै ADM तथा अभिकर्ताको क्षमता, सक्रियता र व्यावसायिक विकासमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

प्रमुख कार्यकारी अधिकृत अर्यालले अभिकर्ता कम्पनीको व्यवसाय विस्तारको प्रमुख आधार भएको उल्लेख गर्दै आगामी दिनमा पनि अभिकर्ताको वृद्धि, विकास, प्रोत्साहन र सम्मानका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

त्यस्तै, चिफ मार्केटिङ अफिसर गणेश चौलागाईंले अभिकर्ता तथा ADM ले कम्पनीबाट प्राप्त गर्ने विभिन्न सेवा–सुविधा, ADM को भूमिका तथा सेवा–सुविधाका साथै Sales Policy 2083/84 का प्रमुख विषयवस्तुबारे जानकारी गराए।

उनले नयाँ बिक्री नीति तथा योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै व्यवसाय विस्तारमा थप सक्रिय हुन अभिकर्तालाई आग्रह गरे।

कार्यक्रममा योग्य ADM तथा Sun Emerging Club का अभिकर्तालाई सम्मान तथा प्रोत्साहन प्रदान गरिएको थियो। सम्मानले अभिकर्तामा थप ऊर्जा र उत्साह बढाएको तथा आगामी दिनमा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्न प्रेरणा मिलेको सहभागीले बताएका छन्।

सन नेपाल लाइफ इन्स्योरेन्सले देशभर करिब १५० शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमासम्बन्धी सेवा तथा जानकारी प्रदान गर्दै आएको जनाएको छ। कम्पनीले आगामी दिनमा अभिकर्ता तथा एजेन्सी सञ्जालको क्षमता अभिवृद्धि, व्यावसायिक विकास र सम्मानलाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको छ।

प्रकाशित समय : ११:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु