‘ताजा जनादेश’ भन्नेबित्तिकै सत्ता गठबन्धनको सातो जान्छ : ओली
वि.सं.२०७९ वैशाख १ बिहीवार १६:३४
shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘ताजा जनादेश’ भन्नेबित्तिकै सत्ता गठबन्धनको सातो जाने बताएका छन् । नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले गठबन्धनले जति षडयन्त्र गरे पनि स्थानीय तहको निर्वाचनबाट भाग्ने ठाउँ नभएको दोहोर्याए ।
‘ताजा जनादेश भन्ने शब्द सुन्नासाथ सातो जाने लक्ष्यविहीन अराजक समूहका कुनै आफ्ना एजेण्डा छैनन्', ओलीले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
शुभकामना सन्देशमा सत्ता गठबन्धनको विरोध गर्दै देशलाई संकटमा धकेलेको आरोपसमेत ओलीले लगाएका छन् ।

























