गृहपृष्ठ कुहिएको अवस्थामा शव फेला
कुहिएको अवस्थामा शव फेला
महोत्तरीको सातपत्रे जंगलमा कुहिएको अवस्थामा बुधबार एक व्यक्तिको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश विष्टका अनुसार बर्दिबास नगरपालिका-३ स्थित विपी राजमार्गभन्दा ५०० मिटर उत्तर-पश्चिममा पर्ने सातपत्रे भिरालो जंगलमा एक व्यक्तिको शव कुहिएर दुर्गन्धित भएको अवस्थामा फेला परेको हो ।
नाम, थर, वतन नखुलेका अन्दाजी वर्ष ५०/५५ का पुरुषको शव कुहिएर जंगलभरि दुर्गन्धित भएको अवस्थामा घाँस काट्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयले शवबारे खबर दिएपछि इलाका प्रहरी कार्यालय बर्दिबासबाट प्रहरी टोली शव फेला परेको स्थानतिर गएर सो शव उठाएर परीक्षणका लागि जिल्ला अस्पतालमा पठाइएको छ ।
प्रकाशित समय : १६:२२ बजे



















