गृहपृष्ठ सुनचाँदीको मूल्यमा ठूलो वृद्धि, छापावाल सुन तोलाको ३ लाख ५ हजार ४ सय पुग्यो
सुनचाँदीको मूल्यमा ठूलो वृद्धि, छापावाल सुन तोलाको ३ लाख ५ हजार ४ सय पुग्यो
काठमाडौं । नेपाली बजारमा मङ्गलबार सुन र चाँदी दुवैको मूल्यमा उच्च वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ५ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ पुगेको छ।
यसअघि सोमबार सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार चाँदीको मूल्य तोलामा १०० रुपैयाँले वृद्धि भई प्रतितोला ४ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ६ सय ९० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित समय : ११:४९ बजे


















