गृहपृष्ठ दसैँ–तिहारलाई लक्षित गर्दै मारुती सुजुकीको ‘अफर’, भिक्टोरिसमा १ लाख ३५ हजारसम्म छुट
दसैँ–तिहारलाई लक्षित गर्दै मारुती सुजुकीको ‘अफर’, भिक्टोरिसमा १ लाख ३५ हजारसम्म छुट
काठमाडौं – आगामी दसैँ–तिहारलाई लक्षित गर्दै मारुती सुजुकीले नयाँ गाडी खरिद गर्ने ग्राहकका लागि आकर्षक छुट तथा सुविधासहितको ‘विजेता अफर’ सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो मिडसाइज हाइब्रिड एसयूभी भिक्टोरिस मा सेप्टेम्बर २०२६ का लागि १ लाख ३५ हजार रुपैयाँसम्मको लाभ दिने योजना ल्याएको हो ।
कम्पनीका अनुसार भिक्टोरिसको स्ट्रङ्ग हाइब्रिड संस्करण खरिद गर्दा ग्राहकले विभिन्न शीर्षकमा गरी अधिकतम १ लाख ३५ हजार रुपैयाँसम्मको लाभ लिन सक्नेछन् ।
यसअन्तर्गत नगद छुटमा २० हजार रुपैयाँसम्म, एक्सचेन्ज बोनसमा ५० हजार रुपैयाँसम्म, पीसीएम लाभमा २५ हजार रुपैयाँ, लोयल्टी लाभमा ३० हजार रुपैयाँ र संस्थागत छुटमा १० हजार रुपैयाँ प्राप्त गर्न सकिनेछ । पुरानो गाडी साट्नुको सट्टा कवाडीमा दिँदा भने ४५ हजार रुपैयाँसम्मको स्क्रापेज प्रोत्साहन उपलब्ध हुने कम्पनीले जनाएको छ ।
ग्राहकले एक्सचेन्ज बोनस र स्क्रापेज प्रोत्साहनमध्ये कुनै एक सुविधा मात्र लिन पाउनेछन् । त्यस्तै, भिक्टोरिसको पेट्रोल तथा सीएनजी संस्करणमा ८५ हजार रुपैयाँसम्मको छुट उपलब्ध हुने कम्पनीले जनाएको छ ।
तीन इन्जिन विकल्प
मारुती सुजुकी भिक्टोरिसमा तीन प्रकारका इन्जिन विकल्प उपलब्ध छन् । यसमा १.५ लिटर पेट्रोल इन्जिनसहित १०३ अश्वशक्ति क्षमताको माइल्ड हाइब्रिड, १.५ लिटर पेट्रोल इन्जिनसहित ११६ अश्वशक्ति क्षमताको स्ट्रङ्ग हाइब्रिड तथा १.५ लिटर इन्जिनसहित ८९ अश्वशक्ति क्षमताको पेट्रोल–सीएनजी संस्करण रहेका छन् ।
पेट्रोल तथा सीएनजी संस्करणमा पाँच गतिको म्यानुअल गियरबक्स उपलब्ध छ । स्ट्रङ्ग हाइब्रिडमा ई–सीभीटी गियरबक्स जडान गरिएको छ भने माइल्ड हाइब्रिड संस्करणमा छ गतिको टर्क कन्भर्टर स्वचालित गियरबक्स उपलब्ध छ । माथिल्लो भेरियन्टमा अल–ह्विल ड्राइभ प्रणालीसमेत दिइएको छ ।
प्रकाशित समय : १४:२४ बजे


















