काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गुठी संस्थानविरुद्ध सडक जाम गरी जनकपुरधाममा प्रदर्शन

1.72K
shares

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ का स्थानीयवासीहरुले जनकपुर ढल्केवर मुख्य सडक जाम गरेका छन् । गुठी संस्थानले आफूहरुलाई जबरजस्ती उठीबास लगाउन खोजेको भन्दै मंगलबार (आज) मुख्य सडक जाम गरी प्रदर्शन गरेका छन् ।

गुठी संस्थानले राजगुठी अन्तर्गतका पोखरी तथा पोखरीका डिलमा भएको अतिक्रम हटाउने कार्य गरिरहेको छ । सो अन्तर्गत एक चरणको पोखरी तथा पोखरीको डिल खाली गर्ने कार्य भइसकेको छ भने गत १९ गत्ते गुठी संस्थानले पुनः १४ स्थानका अतिक्रमित जग्गा खाली गर्न सूचना निकालेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं.१४ स्थित लब्कि पोखरी वरीपरि बसोबास गरीरहेका स्थानियहरुले गुठी संस्थानमाथि जबरजस्ती बिना प्रमाण आफूहरुलाई जग्गा खाली गर्न सूचना टाँसोको गुनासो गरेका छन् । ७०–८० वर्षदेखि आफूहरु सो स्थानमा बसोबास गर्दै आएकोले अब आएर जबरजस्ती खाली गर्न सूचना निकालेकोप्रति उनीहरुले विरोध जनााएका छन् ।

स्थानीय उदय यादवका अनुसार २०४६ सालको नापी आउँदा नापी कार्यालय, मालपोत कार्यालय, गुठी संस्थान तथा स्थानीय प्रतिनिधिहरुको रोहबरमा फिल्ड बुकको नापी भोगको प्रमाण आफूहरुलाई प्रदान गरिएको थियो । उनका अनुसार कित्ता काट गरेर प्रत्येक व्यक्तिको नाममा फिल्ड बुक नापी भोगको प्रमाण दिइएकोमा अब आएर जग्गा खाली गर्नु भन्दै सूचना निकाल्नु सरासर गलत रहेको छ । गुठी संस्थानले आफूहरुसंग प्रमाण नै नमागि मनपरी ढंगले जग्गा खाली गर्न सूचना निकाल्नु न्यायसंगत नरहेको यादवको भनाई छ । गुठी संस्थानले उक्त जग्गा गुठीकै हो भनेर कुनै प्रमाण देखाउन नसक्ने आधार रहेको यादवको दाबी छ । उक्त पोखरी र पोखरी वरीपरीको जग्गा नीजि व्यक्तिले दान गरेको जग्गा रहेको उनको भनाई छ ।

सोही वडाका पूववडाध्यक्ष रामवरण पासवानले २०४६ सालमा आफू प्रतिनिधि रहेको समयमै उक्त जग्गामा आफूसहित सम्बन्धित निकायका पदाधिकारीहरु बसेर कित्ताकाट गरी स्थानीयवासीलाई भोगका निम्त दिइएको बताए । उनले उक्त जग्गा गुठीको नरहेको दाबी गरेका छन् ।

सरकारले बिना प्रमाण उठीबास लगाउन खोजेको आरोप लगाएका छन् । गुठी संस्थानको ३५ र ३६ कित्ता नम्बरमा उक्त जग्गा नपर्ने भएकोले सरकारले सो जग्गा खाली गराउनु गैरकानुनी रहेको पूववडाध्यक्ष पासवानकको दाबी छ । उक्त स्थानमा करीब १५० घरधुरी रहेको छ ।