काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गठबन्धनको टुंगाे भोलिसम्म लाग्छ : अध्यक्ष प्रचण्ड

10.92K
shares

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धनको टुंगाे भोलिसम्ममा लागि सक्ने बताएका छन् । भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै आजै साँझसम्ममा खाका तयार हुने बताए ।

उनले भने, 'आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ, हामी सम्भवतः भोलिसम्ममा एउटा टुंगाेमा पुग्छौँ ।' निर्वाचनका समयमा एउटै पार्टीभित्रसमेत विवाद, बहस हुने जनाउँदै उनले दलकाबीचमा सहमतिमा आउन समय लाग्नु स्वभाविक रहेको बताए ।

पत्रकारको प्रश्नमा उनले भरतपुर महानगरका विषयमा छलफल भइरहेको जानकारी दिए । उनले भने, 'केही समस्या हुँदैन सबै टुंगिन्छ । आरामसँग टुंगिन्छ ।'

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी सम्बन्धमा गठबन्धनभित्र सकारात्मक छलफल भइरहेको उनकाे भनाइ थियो ।