गृहपृष्ठ पाल्पामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ जना गम्भीर घाइते
पाल्पामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ जना गम्भीर घाइते
पाल्पामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा-६, जुठापौवामा शुक्रबार साँझ ग१ख ४९०२ नम्बरको बस दुर्घटना हुँदा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा गएराति मृत्यु भएको हो ।
मृत्यु हुनेमा रैनादेवी छहरा-६, धारापानीका ४२ वर्षका बेदबहादुर जीसी र १० वर्षका अशोक रास्कोटी रहेका छन् ।
दुर्घटनामा परी सोही ठाउँका ७ वर्षिय रोहित घर्ती, ८ वर्षका मिलन बगाले, ८ वर्षका रोमन घर्ती, ९ वर्षका खिमबहादुर घर्ती गम्भीर घाइते छन् । घाइते चार जनाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ ।
बस सडकबाट चार सय मिटर तल खसेको थियो ।
प्रकाशित समय : १५:२० बजे



















