गृहपृष्ठ ‘सहमतिनजिक पुगिसकेका छौं, भोलि खबर दिन्छौं’
‘सहमतिनजिक पुगिसकेका छौं, भोलि खबर दिन्छौं’
नेपाली काग्रेसका नेता एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता गठबन्धन सहमतिनजिक पुगेको दाबी गरेका छन् । बालुवाटारमा भएको छलफलपछि पत्रकारसँग कुरा गर्दै उनले यसअघि तय भएको मापदण्डको आसपास रहेर सहमतिमा हुन लागिरहेकाे उनकाे भनाइ छ ।
तालमेलका बारेमा गम्भीरतापूर्वक छलफल गरेकाे सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले बताए । उनले भने, 'सहमतिनजिक पुगेका छौं । भोलि (मंगलबार) साढे ११ बजे बैठक बस्ने छ । भोलि नै सहमतिको कुरा तपाईंहरुलाई जानकारी गराउँछौ ।’ उनका अनुसार ६ महानगर र ११ उपमहानगरका वडासहित विषयगत रुपमा गठबन्धनबीच छलफल भइरहेकाे छ ।
आइतबार र सोमबार सत्ता गठबन्धनका दलहरु आ-आफ्नो अडानमा कायम रहँदा सहमतिले मूर्त रूप पाउन सकेन । कतिपय जिल्लामा गठबन्धनका दलहरूले चुनावी तालमेल नहुने घाेषणासमेत गर्न थालिसकेका छन् ।
प्रकाशित समय : ०२:३५ बजे



















