काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘सहमतिनजिक पुगिसकेका छौं, भोलि खबर दिन्छौं’

12.45K
shares

नेपाली काग्रेसका नेता एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता गठबन्धन सहमतिनजिक पुगेको दाबी गरेका छन् । बालुवाटारमा भएको छलफलपछि पत्रकारसँग कुरा गर्दै उनले यसअघि तय भएको मापदण्डको आसपास रहेर सहमतिमा हुन लागिरहेकाे उनकाे भनाइ छ ।

तालमेलका बारेमा गम्भीरतापूर्वक छलफल गरेकाे सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले बताए । उनले भने, 'सहमतिनजिक पुगेका छौं । भोलि (मंगलबार) साढे ११ बजे बैठक बस्ने छ । भोलि नै सहमतिको कुरा तपाईंहरुलाई जानकारी गराउँछौ ।’ उनका अनुसार ६  महानगर र ११ उपमहानगरका वडासहित विषयगत रुपमा गठबन्धनबीच छलफल भइरहेकाे छ ।

आइतबार र सोमबार सत्ता गठबन्धनका दलहरु आ-आफ्नो अडानमा कायम रहँदा सहमतिले मूर्त रूप पाउन सकेन । कतिपय जिल्लामा गठबन्धनका दलहरूले चुनावी तालमेल नहुने घाेषणासमेत गर्न थालिसकेका छन् ।