गृहपृष्ठ आइओसीकाे नयाँ मूल्यसूची : निगमलाई १५ दिनमा ३ अर्ब ७३ करोड रुपैयाँ घाटा
आइओसीकाे नयाँ मूल्यसूची : निगमलाई १५ दिनमा ३ अर्ब ७३ करोड रुपैयाँ घाटा
नेपाल आयल निगमलाई इण्डियन आयल कर्पोरेशन (आइओसी)ले साेमबार पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आयल निगमले दिएको जानकारीअनुसार भारतले पठाएको पछिल्लो मूल्यसूचीमा पेट्रोलको मूल्य घटेको छ । डिजेलको मूल्य भने बढेर आएको छ ।
नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४.७९ रुपैयाँ घटेको छ । यस्तै, डिजेलको मूल्य २.२ रुपैयाँ र हवाई इन्धनको मूल्य ३८ पैसा बढेको निगमले जानकारी दिएकाे छ । यससँगै, निगमलाई १५ दिनमा ३ अर्ब ७३ करोड ५३ लाख रुपैयाँ घाटा हुन्छ ।
यसअघि, पेट्रोलको खरिद लागत प्रतिलिटर १८२.९८ रुपैयाँ थियो । अब प्रतिलिटर ४.७९ रुपैयाँ घटेपछि पेट्रोलको प्रतिलिटर खरिद लागत १७८.१९ रुपैयाँ कायम भएको छ । यस्तै, यसअघि, प्रतिलिटर १७१ रुपैयाँ कायम रहेको डिजेलको मूल्य २.२ रुपैयाँ बढेपछि अब १७३.२ रुपैयाँ पुगेको छ । आइओसीले पठाएको मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १८.१६ रूपैयाँ र डिजेलमा ३०.०५ रूपैयाँ घाटा हुने देखिएको छ । हाल पेट्रोल लिटरको एक सय ६० र डिजेल एक सय ४३ रूपैयाँमा बिक्री भइरहेको छ ।
त्यस्तै प्रतिसिलिन्डर एक हजार ६ सयमा बिक्री भइरहेको खाना पकाउने एलपी ग्यासमा निगमलाई नौ सय ५१.४५ रूपैयाँ घाटा हुने निगमले जनाएको छ । निगमलाई मट्टीतेल, हवाई इन्धनमा भने नाफा छ । मट्टीतेलमा लिटरको ६.६७ रूपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ १६.७६ रूपैयाँ र बाह्यतर्फ ६८.२१ रूपैयाँ नाफा रहेको निगमले जनाएको छ ।
मूल्यसूची :

प्रकाशित समय : ०३:३० बजे



















