काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सांग्रिला डेभलपमेन्ट बैंक २३औँ वर्षमा प्रवेश, वार्षिकोत्सवमा सामाजिक कार्यक्रम घोषणा

882
shares

काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंकले स्थापनाको २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ। बैंकले आफ्नो २२औँ वार्षिकोत्सवको अवसरमा २०८३ साल कार्तिक १३ गते शुक्रबार केन्द्रीय कार्यालय बालुवाटारमा विशेष कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्ज्वल सत्यालले बैंकको गौरवपूर्ण यात्रामा साथ र सहयोग गर्ने संस्थापक, सञ्चालक समिति, ग्राहक, शेयरधनी, कर्मचारी तथा नियमनकारी निकायलगायत सबैप्रति आभार व्यक्त गरे।

त्यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत रविन सिजापतीले आगामी दिनमा बैंकका सेवालाई थप स्मार्ट, आधुनिक र उत्कृष्ट बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमसमेत घोषणा गरेको छ। जसअनुसार हुम्लाको सिमकोटस्थित डाँडाफया हेल्थपोस्टमा महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिनेछ। उक्त शिविरमा प्रसूति रोग विशेषज्ञमार्फत स्वास्थ्य सेवा उपलब्ध गराइने बैंकले जनाएको छ।

यसैगरी, सिमकोट–२, हुम्लास्थित श्री रामदेव माध्यमिक विद्यालयका १०३ जना विद्यार्थीलाई विद्यालय पोसाक तथा स्टेसनरी सामग्री उपलब्ध गराइनेछ। त्यस्तै, रोल्पाको सुनिलस्मृति गाउँपालिका–२ स्थित खुङ्ग्री हेल्थपोस्टलाई एक थान बेबी वार्मर र एक सेट अटोक्लेभ ड्रम उपलब्ध गराउने घोषणा गरिएको छ।

वार्षिकोत्सवकै अवसरमा बैंकमा पाँच वर्ष र १० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

आम नागरिकको विश्वास र भरोसाका कारण सांग्रिला डेभलपमेन्ट बैंकले हाल देशभर १०९ वटा शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीका उत्कृष्ट अभ्यासलाई आत्मसात् गर्दै आएको बैंकले आगामी दिनमा आफ्ना सेवाहरूलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।