काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दमौलीमा प्रथम व्यास मेयर फुटबल प्रतियोगिता सुरु

945
shares

ai logo सारांश

  • तनहुँको सदरमुकाम दमौलीमा आजदेखि प्रथम व्यास मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ ।
  • प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख न्यौपानेले नगरपालिकाले खेलकुदलाई प्राथमिकता दिएको बताP ।
  • प्रतियोगितामा प्रथम हुने टोलीले एक लाख, द्वितीय हुने टोलीले ७५ हजार र तृतीय हुने टोलीले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

तनहुँ । तनहुँको सदरमुकाम दमौलीमा आजदेखि प्रथम व्यास मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । व्यास नगरपालिका नगर खेलकुद समितिको आयोजनामा व्यास नगरपालिका-३ बिपी वनबाटिका खेल मैदानमा इलेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको हो ।

दमौलीमा १५ वर्षपछि इलेभेन साइड फुटबल प्रतियोगिता सञ्चालन गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनका अनुसार खेल मैदानको अभावमा सेभेन ए साइड फुटबल मात्रै हुने गरेकामा नगरपालिकाको सक्रियतामा मैदान स्तरोन्नतिपश्चात् एलेभेन ए साइड प्रतियोगिता गर्न सम्भव भएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख न्यौपानेले नगरपालिकाले खेलकुदलाई प्राथमिकता दिएको बताए । उनले खेलकुदका विभिन्न विधामा खेलका गतिविधि अगाडि बढाइएको भन्दै वडास्तरबाटै खेलकुद सञ्चालन गर्दा दक्ष खेलाडी उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतियोगिताका लागि नगर खेलकुद विकास समितिबाट पाँच लाख र प्रत्येक वडाबाट एक-एक लाख खर्च हुनेछ । प्रतियोगितामा नगरका १४ वटै वडाको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम हुने टोलीले एक लाख, द्वितीय हुने टोलीले ७५ हजार र तृतीय हुने टोलीले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई पनि पुरस्कृत गरिनेछ ।