गृहपृष्ठ एमाले सचिवालय बैठकले गर्याे यी ५ निर्णय
एमाले सचिवालय बैठकले गर्याे यी ५ निर्णय
नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले)ले जारी गर्ने घोषणापत्रको मस्यौदालाई पारित गरेको छ । एमालेले यही वैशाख ९ गते केन्द्रमा घोषणापत्र पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने छ । बैठकले १२ वटा केन्द्रीय विभागको गठन गरेको छ ।
सोमबार साँझ अध्यक्ष केपी ओलीनिवास बालकोटमा बसेको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय सल्लाहकार परिषद्को संख्या १०६ बाट थपेर २७८ पुर्याउने निर्णय गरेको हो । यस्तै, एमालेले स्थानीय तह निर्वाचनका लागि विभिन्न पालिका र जिल्लाबाट सिफारिस भएका नामहरु समानुपातिकतर्फका बन्द सूचीका उम्मेदवारसमेत रहेकाले उनीहरुको नाम सूचीबाट हटाउन निर्वाचन आयोगलाई पत्र पठाउने निर्णय गरेको छ ।
समानुपातिकको सूचीमा रहेकाहरुको नाम नहटाई उम्मेदवार बनाउन नमिल्ने भएकाले यस्तो निर्णय गरिएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार बैठकले पार्टी पंक्तिलाई निर्वाचनमा केन्द्रित हुन पनि निर्देशन दिएको छ ।
निर्णयहरु :
– स्थानीय तहको निर्वाचन सार्ने सत्ता गठबन्धनको षड्यन्त्रको स्थानीयस्तरसम्म प्रतिवाद गर्ने ।
– केन्द्रीय सम्पर्क समन्वय कमिटीमा ५१ जना सदस्य थप गर्ने ।
– १२ वटा केन्द्रीय विभाग गठन गर्नुको साथै केन्द्रीय सल्लाहकार परिषदको संख्या १०६ बाट थपेर २७८ पुर्याउने ।
– घोषणापत्र मस्यौदा समितिले तयार पारेको मस्यौदा पारित पार्ने ।
– वैशाख ९ गतेबाट केन्द्रीय कार्यालय च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सारिने ।
प्रकाशित समय : १२:३१ बजे



















