global ime bank Long Banner Ad

गृहपृष्ठ यी ४ प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

यी ४ प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

यी ४ प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

आज देशको पहाडी भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

स्थानीय वायुका साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको आज पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहने महाशाखाले उल्लेख गरेकाे  छ । यसका साथै प्रदेश १ लगायत देशको पहाडी भू-भागका केही स्थानमा गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेकोे छ । राति भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाकाे अनुमान छ ।

प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भने मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित समय : १२:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु