काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

यु–१९ महिला क्रिकेटमा भारतसँग नेपाल १२५ रनले पराजित

882
shares

काठमाडौँ । महिला यु–१९ ‘ए’ क्रिकेट प्रतियोगितामा भारतविरुद्ध नेपाल १२५ रनले पराजित भएको छ ।

आज सम्पन्न खेलमा भारतले दिएको २०६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८० रन मात्र बनाउन सक्यो ।

नेपालका लागि सावित्री धामीले १९ र तृषना विश्वकर्माले १८ रन बनाए । अन्य नेपाली ब्याटरले भने दोहोरो अङ्कमा रन बनाउन सकेनन् । भारतका मैत्री मनियारले तीन ओभरमा एक मेडन राख्दै सात रन दिएर सर्वाधिक चार विकेट लिइन् ।

त्यसअघि भारतको बेङ्गलुरुस्थित भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०५ रन बनाएको थियो ।

भारतका लागि भाविका अहिरेले ४८, तानिष्का शर्माले ३६, आर्या पोङ्दे र निधि महतोले समान ३५ तथा इरा जाधवले २६ रन बनाइन् । नेपालका टीका साहले दुई तथा रचना चौधरी र आशिका महराले समान एक–एक विकेट लिए ।

भारत भ्रमणअन्तर्गत शृङ्खलाको पहिलो खेलमा पनि नेपाली टोली नौ विकेटले पराजित भएको थियो । नेपालले अब बुधबार तेस्रो खेल खेल्ने तालिका छ ।

आगामी वर्ष घरेलु मैदानमा आयोजना हुने यु–१९ विश्वकपको तयारीस्वरूप नेपाली टोली भारतमा अभ्यास गरिरहेको हो ।