काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

छठको दोस्रो दिन आज खरना, गुह्येश्वरीमा तयारी अन्तिम चरणमा

1.28K
shares

काठमाडौँ। छठ पर्वको दोस्रो दिन आज कार्तिक शुक्ल पञ्चमीका अवसरमा व्रतालुले खरना विधि गर्दैछन् । यस दिन व्रतालु दिनभर निर्जल उपवास बसेर साँझ चन्द्रमालाई पूजा गरी खीर तथा अन्य प्रसाद अर्पण गरेपछि भोजन गर्ने परम्परा छ।

यस विधिलाई खरना भनिने छठ पूजा समिति गुह्येश्वरीका अध्यक्ष अनिल सिंहले बताए । छठ पर्वका अवसरमा राजधानीका गुह्येश्वरी, गौरीघाट, वाग्मती नदी किनारको थापाथली, टेकु, वंशीघाट र कमलपोखरी क्षेत्रमा चहलपहल बढेको छ ।

गुह्येश्वरी र गौरीघाट क्षेत्रमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिन ६७५ वटा छठ घाट अर्थात् पूजास्थल निर्माण गरिएको अध्यक्ष सिंहले जानकारी दिए । तीमध्ये ३० वटा घाट निःशुल्क उपलब्ध गराइनेछ भने बाँकी घाटका लागि प्रतिघाट एक हजार ५०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । समितिका उपाध्यक्ष राजकुमार पोद्दारले उक्त जानकारी दिएका हुन् ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र पशुपति क्षेत्र विकास कोषसँग समन्वय गरी गुह्येश्वरी तथा गौरीघाट क्षेत्रमा वाग्मती नदी किनार सम्याउने र सरसफाइ गर्ने काम सम्पन्न भएको छ । छठ पूजाका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको समितिले जनाएको छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि विधिवत् सुरु हुने छठ पर्व सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन हुन्छ । यस वर्ष कात्तिक २७ गते शुक्रबारदेखि सुरु भएको छठ पर्वको मुख्य व्रत विधि कात्तिक ३० गते सोमबार सम्पन्न हुनेछ ।