काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चीन भ्रमण फलदायी बनाउन सभापति लामिछानेको निर्देशन

840
shares

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चीन भ्रमणलाई फलदायी बनाउन भ्रमण दलका सदस्यलाई निर्देशन दिएका छन् । सभापति निवासमा आज भएको छलफलमा उनले भ्रमणको उद्देश्यमा केन्द्रित रहन र आचारसंहिता पालना गर्न निर्देशन दिएको रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

मुख्य सचेतक बुर्लाकोटीका अनुसार सभापति लामिछानेले भ्रमणको आवश्यक तयारी र प्रभावकारी सहभागिताका विषयमा प्रतिनिधिमण्डललाई मार्गनिर्देशन दिएका थिए ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिन आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल यही कात्तिक २९ गतेदेखि चीन भ्रमणमा जाँदैछ ।

भ्रमण टोलीमा महामन्त्री आचार्यसहित सांसदहरू गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रिमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनमकुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा सहभागी हुनेछन् ।