गृहपृष्ठ Tag: मतदान

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गरेका छन् । उनले भक्तपुर बालकोटस्थित महेन्द्र शान्ति मावि केन्द्रबाट मतदान गरेका हुन् । झापा–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओलीले आफैंलाई मत दिन पाएनन् । उनले झापाबाट भक्तपुर...

पूर्वसहमति नलिई मतदान स्थगन नगर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । आयोगले मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय स्थगन भएको मतदान कार्य सुचारु गर्न समेत निर्देशन दिएको छ । यस्तै साँझ ५ बजेसम्म मतदान स्थगित भएको सूचना टाँस...

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रबाट मतदान गरेका छन । सत्तारुढ गठबन्धनका साँझा उम्मेदवारसमेत रहेका प्रधानमन्त्री देउवाले गृह जिल्ला पुगेर मतदान गरेका हुन ।...

एमाले महासचिव शंकर पोखरेलले दाङको तुलसीपुरबाट मतदान गरेका छन् । उनले जनता क्याम्पस मतदान केन्द्रबाट मतदान गरेका हुन् । संचारकर्मीसँग कुरा गर्दै महासचिव पोखरेलले मुलुकमा बहुमत सहितको राजनीतिक स्थायित्व आवश्यक रहेको बताए । बलियो राष्ट्रिय शक्ति हुने सामर्थ एमालेसँग मात्र रहेको...

जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच मतपेटिका खोसाखोस भएपछि सिराहामा प्रहरीले हवाई फायर गरेको छ । सिराहाको कर्जन्हा नगरपालिकाका–६ को जनता मावि बडहरामाल दुबै पार्टीका कार्यकर्ताले मतपेटिका खोसाखोस गरेपछि प्रहरीले ३ राउन्ड हवाई फायर गरेको हो । स्थितिलाई नियन्त्रणमा लिन...

बागलुङको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मतदान गर्न नपाउने भएका छन् । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–८ स्थायी ठेगाना रहेका केसीको बागलुङमा मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न नपाएका हुन् ।...

तनहुँको घिरिङ गाउँपालिका–१ मा प्रहरीले दुईजना एमाले कार्यकर्ता पक्राउ गरेपछि मतदान सुरू हुन सकेको छैन । हिजो बेलुका कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएपछि प्रहरीले दुईजना एमालेका कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज खड्काले...

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मतदान गरेका छन् । उनले रौतहट १ मा रहेको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् । यो मतदान केन्द्रबाट नेपालकी पत्नी गायत्री नेपालले पनि मतदान गरेकी छन् । नेपाल रौतहट...

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश तथा प्रतिनिधिसभा चुनावमा मतदान गर्नका लागि एक जनालाई करिब २ मिनेट लाग्ने बताएका छन् । भक्तपुरको लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रबाट मतदान गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख आयुक्त थपलियाले मतदान छिटो र सहज...

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गतको शिवनगरस्थित मतदान केन्द्रमा मतदान गरेका छन् । प्रचण्डले भरतपुर–१४ शान्तिपुर नेपाल प्रहरी विद्यालयको ‘क’ केन्द्रबाट पहिलो मतदान गरेका हुन् । मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्रीकै कारण गठबन्धन नटुट्ने...