गृहपृष्ठ मतपेटिका खोसाखोस भएपछि सिरहामा तीन राउन्ड हवाई फायर

मतपेटिका खोसाखोस भएपछि सिरहामा तीन राउन्ड हवाई फायर

मतपेटिका खोसाखोस भएपछि सिरहामा तीन राउन्ड हवाई फायर फाइल तस्बीर

जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच मतपेटिका खोसाखोस भएपछि सिराहामा प्रहरीले हवाई फायर गरेको छ ।

सिराहाको कर्जन्हा नगरपालिकाका–६ को जनता मावि बडहरामाल दुबै पार्टीका कार्यकर्ताले मतपेटिका खोसाखोस गरेपछि प्रहरीले ३ राउन्ड हवाई फायर गरेको हो ।

स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी सुवास बुढाथोकीले बताए । मतपेटिका तानातानले केहीबेर तनाव भए पनि अहिले भने मतदान सुचारु भएको छ ।

प्रकाशित समय : १०:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु