गृहपृष्ठ नगर गानका लागि रचना पठाउन हेटौँडा उपमहानगरद्वारा आह्वान
नगर गानका लागि रचना पठाउन हेटौँडा उपमहानगरद्वारा आह्वान
मकवानपुर । हेटौँडा उपमहानगरपालिका नगरको सामाजिक, सांस्कृतिक, भौगोलिक, धार्मिक, ऐतिहासिक तथा औद्योगिक पहिचान र मौलिक विशेषता झल्किनेगरी नगर गान निर्माण गर्ने भएकोे छ । यसका लागि उपमहानगरपालिकाले इच्छुक स्रष्टा, रचनाकारबाट रचना आह्वानसमेत गरेको छ ।
उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले भने “हेटौँडाको इतिहास, संस्कृति, भूगोल, आर्थिक तथा औद्योगिक पहिचानलाई समेटेर नगरको आफ्नै परिचय दिने नगर गान निर्माण गर्न लागिएको हो । यसमा स्थानीय मौलिकता र हेटौँडाको विशिष्ट पहिचान झल्किने गरी रचना हुुनुपर्छ ।”
नगर गानलाई हेटौँडाको पहिचान र भावनालाई प्रतिनिधित्व गर्ने सृजनाका रुपमा आफूहरूले विकास गर्न चाहेको नगरप्रमुख मीनाकुमारी लामाले बताइन् । “हेटौँडाको इतिहास, प्रकृति, संस्कृति, सामाजिक विविधता र औद्योगिक पहिचानलाई समेट्नेगरी नगर गान निर्माण गर्न खोजिएको हो । त्यसैले उत्कृष्ट सृजनाका लागि स्रष्टा तथा रचनाकारहरूको सहभागिता महत्त्वपूर्ण हुनेछ”, उनले भने ।
प्रकाशित समय : ०९:३५ बजे

















