गृहपृष्ठ एमाले कार्यकर्ता पक्राउ परेपछि तनहुँको घिरिङमा मतदान सुरू हुन सकेन

एमाले कार्यकर्ता पक्राउ परेपछि तनहुँको घिरिङमा मतदान सुरू हुन सकेन

एमाले कार्यकर्ता पक्राउ परेपछि तनहुँको घिरिङमा मतदान सुरू हुन सकेन

तनहुँको घिरिङ गाउँपालिका–१ मा प्रहरीले दुईजना एमाले कार्यकर्ता पक्राउ गरेपछि मतदान सुरू हुन सकेको छैन ।

हिजो बेलुका कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएपछि प्रहरीले दुईजना एमालेका कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज खड्काले बताए ।

उनका अनुसार झडपका कारण घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कृष्ण मावि मतदान केन्द्रमा मतदान कार्य सुचारु हुन सकेको छैन ।

एमाले नेता विष्णुभक्त सिग्देलले एमालेको विजय सुनिश्चित हुने देखेपछि एमाले कार्यकर्ता पक्राउ गरेर त्रास फैलाउने काम गरिएको बताए ।

प्रकाशित समय : ०९:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु