गृहपृष्ठ Tag: बेपत्ता

नारायणगढ-मुग्लिन सडकखण्डको खहरे खोलामा बसका सहचालक चिप्लिएर बेपत्ता भएका छन् । इच्छाकामना गाउँपालिका-५ स्थित खहरेखोलामा काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना६ख ७४६३ नम्बरको बसका सहचालक आज बिहान चिप्लिएर बेपत्ता भएका हुन् । कैलालीको गोदावरी नगरपालिका बस्ने ३५ वर्षीय तेजबहादुर बोहोरा खहरेखोलामा बेपत्ता...

कालीगण्डकी नदीमा र्याफ्टिङ गर्ने क्रममा बेपत्ता सातै जनाको जीवितै उद्धार गरिएको छ । पाल्पाको रानीमहल क्षेत्रमा र्याफ्टिङ गर्ने क्रममा बिहीबार साँझ डुंगा पल्टिँदा भारतको गोरखपुरबाट आएका पर्यटक बेपत्ता भएका थिए । डुंगा पल्टिएको करिब पौने घण्टाभित्र सातै जनाको जीवितै उद्धार...

ताप्लेजुङको सिरीजंघा गाउँपालिका-७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन् । वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् । तुलसा सासु र यशोदा बुहारी हुन्...

लमजुङको राइनास नगरपालिका-८ तार्कुघाटका एक पुरुषको बेपत्ता भएको २७ वर्षपछि प्रहरीले उद्धार गरेको छ । कामको सिलसिलामा भारत गएका ४४ वर्षीय किसान परियारको उद्धार गरिएको हो । २०७९ जेठ ९ गते जिल्ला प्रहरी कार्यालयमा परियारको खोजी गर्न निवेदन परेको थियो...

दोधारा चाँदनी नगरपालिका-७ की चन्द्रा गुरुङ दुई हप्तादेखि बेपत्ता भएकी छिन् । परिवारका सदस्यलाई जानकारी नदिइकनै उनी घरबाट निस्कनु हुन् । उनी हालसम्म परिवारको सम्पर्कमा आएकी छैनन् । श्रीमती घरमा नआएपछि उनका श्रीमान् सागरले खोजी गर्दै आएका छन् । 'घरमा कुनै...

बाघको आक्रमणबाट एक जना बेपत्ता भएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका-१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ : ०५ बजे...

मेचीनगर नगरपालिका-६ की ७० वर्षीया लीलामाया कार्की १२ दिनदेखि बेपत्ता भएकी छिन् । आमा बेपत्ता भएको १२ दिन बितिसक्दा समेत प्रहरीले खोजीकार्यमा चासो नदेखाएको भन्दै परिवार र स्थानीयवासीले गुनासो गरेका छन् । परिवारका सदस्यले बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर आमाको खोजीमा...

भेरी नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता भएका छन् । सुर्खेतको भेरिगंगा नगरपालिका-११ रामघाटस्थित भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका हुन् । स्थानीयका अनुसार बेपत्ता हुनेमा भेरीगंगा नगरपालिका–११ का १० वर्षीया गंगा खड्का, आठ वर्षीया कृष्णा सिजाली र...